काठमाडौँ, मङ्सिर १२ गते । नेपाल प्रहरीका पूर्वएआईजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्ने भएका छन् । वनस्थलीस्थित पार्टी कार्यालयमा आज हुने कार्यक्रममा उनी रास्वपामा प्रवेश गर्न लागेका हुन् ।
रास्वपाले उनलाई अनुशासन आयोगमा जिम्मेवारी दिने भएको छ । रास्वपामा उनी एक्लै नभएर समूह नै लिए जाने बताइएको छ । ‘म आगामी चुनावमा उम्मेदवार बन्ने गरी रास्वपामा जाँदै छु । एउटा अध्यायबाट अर्को अध्याय सुरु गर्दै छु । बाँकी कुरा प्रवेश कार्यक्रममा भन्नेछु,’ पोखरेलले शिलापत्रसँग भने ।
ओखलढुंगामा जन्मिएका उनी नेपाल प्रहरीको अवकासपछि सक्रिय भूमिकामा देखिएका थिएनन् । पूर्वएआईजी पोखरेललाई भावी आईजीपीको रूपमा समेत हेरिएको थियो । तर, तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले एआईजीमा उनीभन्दा १६ महिना जुनियर धिरजप्रताप सिंहलाई आईजीपी बनाएपछि उनी एआईजीबाटै अवकाशमा गएका थिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














