५ कात्तिक, काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशीलाई रुपन्देही पठाइएको छ। सूर्यदर्शन सहकारीसँगै बुटवलको सुप्रिम सहकारी ठगीबारे पनि अनुसन्धान गर्नुपर्ने भएकाले जोशीलाई रुपन्देही पठाइएको कास्कीका प्रहरी प्रवक्ता वसन्त शर्माले जानकारी दिए।
रुपन्देही प्रहरीको आग्रहमा जोशीलाई रुपन्देही पठाइएको उनले बताए। गोर्खा मिडियाका सञ्चालक जोशीलाई असोज ६ गते प्रहरीले काठमाडौँमा पक्राउ गरेर कास्की लगेको थियो। गोरखा मिडियामा उनी जीबी राई र रवि लामिछानेका त्यतिबेलाका साझेदार हुन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












