11/14/2025, 19:08:48
शुक्रबार, कार्तिक २८, २०८२

प्रधानमन्त्री कार्कीद्वारा मतदाता नामावली दर्ताको समय थप्न आग्रह


काठमाडौँ, कात्तिक २८ : प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी दर्ताको अवधि थप्न निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग आज टेलिफोनमा कुरा गर्दै प्रधानमन्त्री कार्कीले म्याद थपका लागि आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

आयोगले यही कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय निर्धारण गरेको थियो । प्रधानमन्त्री कार्कीको आग्रहपछि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले पाँच दिन थप्न सकारात्मक रहेको जवाफ दिनुभएको छ ।

राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि ‘अनलाइन’बाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ । यसैबीच प्रधानमन्त्री कार्कीले ‘इन्टरनेट सर्भर’मा देखिएको समस्याका विषयमा पनि आयोगसँग चासो व्यक्त गर्नुभएको थियो ।