11/14/2025, 17:03:26
शुक्रबार, कार्तिक २८, २०८२

प्रतिनिधिसभा चुनावका लागि ५ अर्ब बजेट स्वीकृत


काठमाडौं, कात्तिक २८ । सरकारले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत गरेको छ ।

आयोगले साढे सात अर्ब माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ स्वीकृत गरेको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए ।

`निर्वाचनका लागि स्रोत सुनिश्चितता भएको छ,´ भट्टराईले भने । थप बजेट आवश्यक परे भविष्यमा सरकारले सहजीकरण गर्ने र अहिलेलाई ५ अर्ब स्वीकृत भएको उनले बताए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..