नयाँ दिल्ली, कात्तिक २८ गते । भारतको पुणे सहरको बाहिरी इलाकास्थित नवले पुल नजिकै सडक दुर्घटना भएको छ । ब्रेक फेल भएको एक ट्रकले १३ वटा सवारी साधनलाई ठक्कर दिँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने करिब १३ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले उल्लेख गरे अनुसार, प्रहरी नायब उपरिक्षक कदमका अनुसार साँझ ५ः४५ फलाम बोकेको ट्रक मुम्बईतर्फ गइरहेको थियाे । “भूमकर पुल नजिकै ‘सेल्फी पोइन्ट’ पुग्ने बित्तिकै ट्रक चालकले नियन्त्रण गुमाए र ट्रक धेरै सवारी साधनहरूसँग ठोक्कियो”, कदमले भन्नुभयाे,“दुर्घटनामा दुई ट्रक, कार, एउटा मिनीबस र दुई पाङ्ग्रे सवारी साधनसहित जम्मा १३ वटा सवारी साधन क्षतिग्रस्त भएका छन्।”
यसैगरी, मृत्यु हुनेहरूमा ट्रक चालकसहित आठ जना रहेकाे पनि भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ । यस्तै, प्रहरीका अनुसार यो दुर्घटना पुणे नाशिक राजमार्गको भोरगाउँ नजिकै भएको थियो। दुर्घटनामा घाइते भएकालाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















