काठमाडौँ। मेलम्ची खानेपानी आयोजनाको पानी आजदेखि काठमाडौँमा पथान्तरण सुरु भएको छ ।
एकसातादेखि अवरुद्ध मेलम्चीको पानी आजदेखि काठमाडौँमा पथान्तरण सुरु भएको हो । गए राति आन्दोलनरत स्थानीय र सरकारबीच भएको वार्ता सफल भएपछि अवरोध हटाएर पानी पठाउन थालिएको मेलम्ची बाढी पीडित संघर्ष समितिले जनाएको छ ।
वार्ता सफल भएपछि आन्दोलनरत पीडितहरूले मुहान क्षेत्र खुला गर्ने सहमति जनाएका थिए । हिजो सहमति भएसँगै आज मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र (हेडवक्र्स) जाने सडक स्तरोन्नति गर्न टेण्डर आह्वान गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङको उपस्थितिमा मंगलबार खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाका सरोकार समितिहरुबीच भएको समझदारी कार्यान्वयनका क्रममा सडक डिभिजन कार्यालय, चरिकोटले बुधबार सडक स्तरोन्नति गर्न टेण्डर आह्वान गरेको छ ।
मेलम्ची-अम्बाथान-मेलम्चीघ्याङ सडक खण्डको १७ किलोमिटर स्तरोन्नति गर्न तीन वटा प्याकेजमा विभाजन गरी टेण्डर गरिएको हो । सडक निर्माण लगायतका विभिन्न समझदारी भएपछि गत २० कात्तिकदेखि मेलम्ची खोलाको पानी सुरुङमार्फत काठमाडौँ उपत्यका ल्याउने दिन स्थानीय सहमत भएका थिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













