11/11/2025, 22:19:13
मङ्गलबार, कार्तिक २५, २०८२

पुस्कर शाहको पुस्तक ‘मृतसागरदेखि सगरमाथासम्म’ सार्वजनिक


काठमाडौँ, कात्तिक २५ : विश्व साइकल यात्री पुस्कर शाहको दोस्रो पुस्तक ‘मृतसागरदेखि सगरमाथासम्म’ सार्वजनिक भएको छ ।

सन्सारको एक सय ५० देश घुमेर सगरमाथा आरोहण गर्नुभएको शाहको जीवन यात्रामा आधारित यो दोस्रो पुस्तक हो । यसअघि उहाँले ‘सन्सारलाई साँढे पाँच फन्को’ नामक पुस्तक लेख्नुभएको थियो ।

बुकहिलले प्रकाशन गरेको ‘मृतसागरदेखि सगरमाथासम्म’ पुस्तकको मङ्गलबार जेन-जी आन्दोलनका अगुवा माजिद अन्सारी, भावना राउत, युजनराज भण्डारी र लेखक पुस्कर शाहले लोकार्पण गर्नुभयो ।

साहस, इच्छाशक्ति र जीवनबोधको संस्मरणको रूपमा रहेको यस पुस्तकमा शाहले विश्व यात्रामा भोगेका र देखेका विषय वस्तु समेटिएका छन् ।