10/29/2025, 14:21:42
बुधबार, कार्तिक १३, २०८२

सोलुखुम्बुमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना


काठमाडौँ । सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र थापाले जानकारी दिए ।

थापाका अनुसार बिहान ८: १५ बजे अल्फा माइक सेरा कलसाइन भएको हेलिकोप्टर अवतरणका क्रममा चिप्लिएको हो ।हेलिकप्टरमा पाइलटबाहेक यात्रु भने नरहेको र दुर्घटना हुँदा मानवीय क्षति केही नभएको उनले बताए । हेलिकप्टरका पाइलट विवेक खड्का सकुशल छन्।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..