मुग्लिन–नारायणगढ सडक खण्डको तुइनखोला पुल नजिकै स–साना ढुंगा खस्नेक्रम जारी रहेको छ।
सडक डिभिजन कार्यालय भरतपुरले उक्त स्थानमा ढुंगा खस्नेक्रम जारी रहेको जनाएको छ।
आज (सोमबार) दिउँसो सामाजिक सञ्जालमार्फत डिभिजन सडकका सडक सुपरभाइजर ईश्वर क्षेत्रीले भिडिओ पोस्ट गर्दै सडकमाथिबाट स–साना ढुंगा खस्नेक्रम जारी रहेको तर, सवारी आवागमन सञ्चालनमा रहेको जनाएका छन्।
उक्त स्थानमा पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक लेन अनुशासनमा रहि सुरक्षित यात्रा गर्न सडक कार्यालयले आग्रह गरेको छ।
यसवर्ष पहिरोका कारण सबैभन्दा धेरै सडक अवरुद्ध सोही स्थानमा भएको थियो।
दसैँ अवधिमा पटक पटक गरी एक हप्ता भन्दा बढी सडक अवरुद्ध हुँदा हजारौं यात्री समस्यामा परेका थिए।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





















