काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले जेन जेड आन्दोलनको बहानामा रास्वपा सभापति रवि लामिछानेलाई जेलबाट भगाउनेमाथि छानबिन गर्नुपर्ने बताएका छन् ।
एमाले पार्टी कार्यालयमा युवा संघले आयोजना गरेको बुधबार पत्रकार सम्मेलनमा बस्नेतले लामिछानेलाई भगाउनेमाथि कारबाही गर्नुपर्ने दाबी गरेका हुन् ।
उनले भने- ‘२४ गते रवि लामिछानेलाई नख्खु कारागारबाट मुक्त गराउन गएका डीपी अर्याल, मनीष झा र ज्वाला संग्रौलाबारे छानबिन होस्, जेलबाट भागेका १४ हजार कैदीबारे छानबिन होस्, भागेका कैदी कहाँ छन् ? ५ सय चौकी जलाउँदा १२ हजार लुटिएका हतियार कहाँ छन् ?’
उनले पार्टीका सदस्यहरूमाथि पनि छानबिन हुनु पर्ने बताएका छन् ।