10/06/2025, 11:24:17
सोमबार, असोज २०, २०८२

सुक्खा पहिरो खस्दा रिडी–तम्घास सडक अवरुद्ध


रेसुङ्गा (गुल्मी), असोज २० : मदनभण्डारी राजमार्ग अन्तर्गत रिडी‐तम्घास सडकखण्ड सुख्खा पहिरोका कारण अवरुद्ध भएको छ । रुरुक्षेत्र गाउँपालिका ‐३ स्थित पानीटङ्की नजिकै सडकमाथिबाट ठुलो चट्टानसहितको सुख्खा पहिरो खसेको छ ।

पहिरोका कारण बिहानैदेखि सडक अवरुद्ध भएको छ । दसैमा घर आएकाहरु गन्तव्यमा फर्किनेक्रम चलिरहेकाले सडकमा सवारी साधनको चाप बढेको छ । सुख्खा पहिरोले राजमार्ग बन्द भएपछि सवारी साधनलाई पानी टङ्कीदेखि सालबिसौनाहुँदै वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी नायव उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।

अवरुद्ध सडक सुचारु गर्न सडक निर्माण कम्पनी र गाउँपालिकाको सहयोगमा डोजरको व्यावस्थापनको काम भइरहेको रुरुक्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले बताउनुभयो । ठुलो चट्टानसहितको पहिरोपछि पनि नियमित पहिरो खसिरहेकाले सडक सुचारु गर्न समय लाग्ने ज्ञवालीले बताउनुभयो ।

– टोपलाल अर्याल