10/01/2025, 21:00:59
बुधबार, असोज १५, २०८२

संसारकै लामो दाबी गरिएको बागलुङको ‘कालीगण्डकी सुनौलो झुला’ पुल


बागलुङ, असोज १५ गते । बागलुङ नगरपालिका वडा नं. १ रामरेखादेखि पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङको अदुवाबारी जोड्ने ५ सय ६७ मिटर लामो र १ सय ३८ मिटर उचाईको ‘कालीगण्डकी सुनौलो झुला’ पुल । यो पुल बनेपछि बागलुङमा आन्तरिक तथा बाह््य पर्यटकको संख्या बढ्न थालेको छ ।

‘सिङ्गल स्पान’ प्रविधिमा संसारकै लामो दाबी गरिएको यो पुलसँगै बागलुङमा आधादर्जन अग्ला र लामा झोलुङ्गे पुल बनेका छन् । झोलुङ्गे पुलको विश्वविद्यालय भनेर परिचित बागलुङ जिल्लामा लामा–छोटा गरी ४ सय ५० झोलुङ्गे पुल छन् । ९ करोड २५ लाख रुपियाँमा कालीगण्डकी नदीमाथि निर्माण गरिएको ‘कालीगण्डकी सुनौलो झुला’ २०७७ सालमा सर्वसाधारणको लागि खुल्ला गरिएको थियो ।

पुललाई विश्वकै लामो दाबी गर्दै नगरपालिकाले गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता प्रक्रिया थाल्ने चर्चा गरिएपनि अहिले भने सेलाएको छ । यसअघि स्विट्जरल्याण्डमा ४ सय ९७ मिटर लामो सिङ्गल स्पानको झोलुङ्गे पुल विश्वकै सबैभन्दा लामो थियो । पछिल्लो समय ठूला नदी र खाँेचमा झुलुङ्गे पुल निर्माणको लहर चलेपछि बागलुङ झुलुङ्गे पुलसंगै लामा र अग्ला पुलको जिल्लाका रुपमा परिचित हुन थालेको छ ।

सिङ्गल स्पानको लामो कालीगण्डकी सुनौलो झुला बनेपछि त्यसले यहाँको पर्यटक क्षेत्रमा योगदान पु¥याएको छ । प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरको दर्शन गर्न आउने दशनार्थीदेखि पर्यटकले पुलको अवलोकन गर्दै रोमाञ्चित हुने गर्छन् । पुलमा आउने पर्यटकले बागलुङ बजारलाई चलायमान बनाएको छ । लामा पुलले यात्रा छोटिएको छ भने धार्मिक र आन्तरिक पर्यटकको प्रवद्र्वनमा समेत योगदान पु¥याएको होटल व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालको बुझाई छ ।

– रामकृष्ण बोहरा