काठमाडौँ, असोज ९ : नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खदिरदर १४१ रुपियाँ ६१ पैसा र बिक्रीदर १४२ रुपियाँ २१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६६ रुपियाँ ४० पैसा र बिक्रीदर १६७ रुपियाँ १० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपियाँ ६५ पैसा र बिक्रीदर १९१ रुपियाँ ४६ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर १७८ रुपियाँ ४१ पैसा र बिक्रीदर १७८ रुपियाँ ८९ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपियाँ ५१ पैसा र बिक्रीदर ९३ रुपियाँ ९१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपियाँ चार पैसा र बिक्रीदर १०२ रुपियाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिदर ११० रुपियाँ र बिक्रीदर ११० रुपियाँ ४७ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ५४ पैसा र बिक्रीदर नौ रुपियाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८७ पैसा र बिक्रीदर १९ रुपियाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७५ पैसा र बिक्रीदर ३७ रुपियाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८५ पैसा र बिक्रीदर ३९ रुपियाँ दुई पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ४२ पैसा र बिक्रीदर चार रुपियाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५५ पैसा र बिक्रीदर ३८ रुपियाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ६४ पैसा र बिक्रीदर ३३ रुपियाँ ७८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपियाँ ११ पैसा र बिक्रीदर १० रुपियाँ १६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ आठ पैसा र बिक्रीदर १५ रुपियाँ १५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ २९ पैसा र बिक्रीदर २२ रुपियाँ ३९ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ २१ पैसा र बिक्रीदर १८ रुपियाँ २९ पैसा, कुवेती दिनार एकको खरिददर ४६४ रुपियाँ ७५ पैसा र बिक्रीदर ४६६ रुपियाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ ५८ पैसा र बिक्रीदर ३७७ रुपियाँ १७ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपियाँ ८० पैसा र बिक्रीदर ३६८ रुपियाँ ३६ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।