१९ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द लिङदेनले कांग्रेस, एमाले र माओवादी केन्द्रका कारण मुलुक बन्न नसकेको बताएका छन्। केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल लगायतका ठूला दलका नेताहरूले देशलाई बिगारेको उनको जिकिर थियो। झापामा आयोजित पार्टी निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन जिल्ला समिति झापाको अधिवेशनमा बोल्दै अध्यक्ष लिङदेनले ठूलो दलहरू सत्ता स्वार्थका लागि मात्रै मिल्ने गरेकाले मुलुक बन्न नसकेको पनि उनले बताए।
‘म आज दाबी साथ भन्छु–राप्रपा जस्तो पार्टीले देश चलाउन पाउने हो भने ५ वर्ष भित्रमा देख्न सकिने र १० वर्ष भित्रमा भोग्न पाउने वातावरण निर्माण गर्न सकिनेछ। विदेश जाने सबैलाई रोक्न सकिनेछ त भन्दिन तर ५ देखि १० वर्ष भित्रमा ४०/५० हजार तलवका लागि कुनैपनि युवाले विदेश जान नपर्ने परिस्थिति यही देशमा निर्माण गर्न सकिन्छ,’ उनले भने ।
‘हाम्रा कुनै पनि विद्यार्थीहरूले राम्रो विषय पढनका लागि, गुणस्तरीय शिक्षाका लागि विदेश जाने होइन। आज जसरी बंगलादेशमा डाक्टर पढनका लागि हाम्रा विद्यार्थीहरू गइराखेका छन्। नेपालको डाक्टर पढनका लागि बंगलादेशी र भारतीयहरूलाई नेपालमा व्यवस्था मिलाउन सकिन्छ। देश भावनाले मात्रै बन्दैन। देश तपाई एक्लैले राम्रो सोचेर पनि बन्दैन।’ उनले भने । राप्रपाले सरकारको नेतृत्व गर्ने अवसर पाए मुलुकमा १० वर्ष भित्र राम्रो जगारीको व्यवस्था गराउन सकिने बताउँदै अध्यक्ष लिङदेनले राजनीतिमा भ्रष्ट र बेइमानहरुको विगविगी रहेको पनि जिकिर गरे।
‘२०४६ सालदेखि अहिलेसम्म यो झन्डै ३५ वर्षको समयमा राजा ज्ञानेन्द्रले प्रत्यक्ष रुपमा १८ महिना शासन चलाएको बाहेक सबै समय यो देशमा सरकार कसले चलाएको छ? प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे नाम दिएपनि कसले चलाएको छ देश? यही कांग्रेस, यही एमाले, यही माओवादीहरूले देश चलाएका छन्। र बितेर गएको गिरिजाप्रसाद कोइराला, सुशील कोईराला, मनमोहन अधिकारी बाहेक त्यही केपी ओली, त्यही प्रचण्ड र त्यही शेरबहादुर देउवाको नेतृत्वमा यो देश चलिराखेको छ। ३५ वर्षमा देशको अवस्था कहाँबाट कहाँ पुग्यो। उनीहरू जसरी सत्ताका लागि प्रमुख दलहरु अथवा पहिलो र दोस्रो दल मिल्न सक्छन्। तर तपाईंको भविष्यको लागि, देशभित्र नै रोजगारी सृजना गर्नका लागि उनीहरु मिल्न सक्दैन थिए। युवाहरूलाई यही देशमा बस्न सक्ने वातावरण बनाउन सकिने थिएन होला, उनले भने।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














