काठमाडौँ, भदौ ३० : सङ्घीय संसद् सचिवालयले यही भदौ २४ गते भएको जेनजी युवाहरुको प्रदर्शनका क्रममा संसद् भवनबाट लुटिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ ।
सोमबार सङ्घीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना शाखाले सूचना निकालेर प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका मालसामानहरू अनधिकृत व्यक्तिले लगेको भन्ने बुझिएकाले सो मालसामान फिर्ता गर्न आग्रह गरेको हो ।
यस्ता मालसामन रहेको स्थान वा व्यक्तिबारे जानकारी भएमा सङ्घीय संसद सचिवालयमा सूचना दिन अनुरोध गरिएको योजना शाखाका उपसचिव अधि राज राईद्वारा जारी सूचनामा उल्लेख छ ।
यसैगरी, मालसामानहरू लगेको भिडियो भएमा उपलब्ध गराउन पनि अनुरोध गरिएको छ । भिडियो÷सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने संसद सचिवालयले जनाएको छ ।
यही भदौ २४ गते जेनजीको प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवन र भवन परिसरमा रहेका सवारी साधनमाथि तोडफोड, आगजनी र लुटपाट भएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










