09/10/2025, 15:04:23
बुधबार, भदौ २५, २०८२

लुटेराबाट सेनाले बरामद गर्‍यो ३७ लाख रकम र ३१ थान हतियार


नेपाली सेनाले लुटिएका हतियार र नगद सार्वजनिक गरेकाे छ । सेनाले जेन–जीको आन्दोलनका क्रममा काठमाडाैं र पोखराका विभिन्न ठाउँबाट बरामद गरेका हतियार र नगद आज सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको हो ।

लुटपाटमा संलग्न २७ जनालाई नियन्त्रणमा लिएर उनीहरूको साथबाट ३१ थान हतियार र ३७ लाख ७० हजार रुपैयाँ रकम बरामद गरेको सेनाले जनाएको छ ।

त्यस्तै, सेनाले २३ जना प्रहरी र तीन जना सर्वसाधारणको सैनिक अस्पतालमा उपचार भइरहेको जनाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..