09/05/2025, 17:58:14
शुक्रबार, भदौ २०, २०८२

दिगो विकासका लागि सबैलाई समेट्न आवश्यक’: पूर्वराष्ट्रपति यादव

©oplus_2

काठमाडौँ, भदौ २० : पूर्वराष्ट्रपति डा. रामवरण यादवले दिगो विकासलाई केवल आर्थिक वा भौतिक दृष्टिले मात्र सीमित नगरी शिक्षा, समाज र प्रविधिसहित सबै क्षेत्रमा समान महत्वका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ।

यहाँ आज आयोजित दिगो विकासका लागि अन्तरविषयक अध्ययन विषयक अन्तर्राष्ट्रिय गोष्ठीमा पूर्वराष्ट्रपति डा. यादवले समाजकल्याण र सामाजिक न्यायमा समर्पित परिवर्तनकारी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै युवालाई जिम्मेवार र दूरदर्शी नेतृत्वकर्ता बन्न आग्रह गर्नुभयो।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत वाग्लेले अन्तरविषयक अध्ययनले विद्यार्थीमा बहुआयामिक सोच, नवप्रवर्तन र समुदायसँग सशक्त सम्बन्ध विकास गर्ने अवसर प्रदान गर्ने बताउनुभयो। कार्यक्रमका अध्यक्ष बद्रीदेव पाँडेले यस्ता अन्तरराष्ट्रिय सेमिनारले युवालाई परिवर्तनकारी नेतृत्वको बाटोमा अघि बढ्न प्रेरित गर्ने बताउनुभयो।

नेशनल कलेजका प्रिन्सिपल माधव न्यौपानेले सेमिनारमा दिगो विकासका तीन महत्त्वपूर्ण आयामअन्तर विषयक दृष्टिकोण, शैक्षिकसमुदाय सम्बन्ध र दिगोपनका लागि डिजिटल विषयमा गहन छलफल भएको जानकारी दिनुभयो।

कार्यक्रममा विभिन्न शैक्षिक संस्था, अनुसन्धानकर्ता, विद्यार्थी र समाजसेवीको सहभागिता थियो। सहभागीबीच दिगो विकास, सामाजिक जिम्मेवारी र भविष्यका चुनौतीबारे छलफल भएको थियो। 


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..