09/02/2025, 12:20:57
मङ्गलबार, भदौ १७, २०८२

अठासी हजारभन्दा बढी पर्यटक आगमन : पर्यटन बोर्ड


काठमाडौँ, भदौ १७ : सन् २०२५ को अगस्तमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगस्तमा ८८ हजार ६८० विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । जुन गत वर्षको तुलनामा यस वर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतले बढी हो । यसअघि सन् २०२४ को अगस्तमा ७२ हजार ७१७ पर्यटक नेपाल भित्रिएका थिए ।

बोर्डको तथ्याङ्क अनुसार पछिल्लो महिना सबैभन्दा बढी (४० प्रतिशत) भारतीय पर्यटक नेपाल भित्रिएका छन् । अगस्तमा भारतबाट ३५ हजार, चीनबाट सात हजार ५३३ अमेरिकाबाट छ हजार ६८, श्रीलङ्काबाट पाँच लाख ९५६ र बङ्गलादेशबाट चार हजार २६२ पर्यटक भित्रिएका हुन् ।

क्षेत्रगत रूपमा दक्षिण एसियाली (सार्क) मुलकबाट ४७ हजार १३७, एसियाका अन्य मुलुकमा १५ हजार ७७७, युरोपबाट ११ हजार १३२ र ओसनियाबाट दुई हजार ४३५ पर्यटक भित्रिएको बोर्डले जनाएको छ ।त्यसै गरी अमेरिकाबाट सात हजार २९३, मध्यपूर्वबाट ९४४, अफ्रिकाबाट ३२२ र अन्य मुलुकबाट तीन हजार ६४० प्रतिशत पर्यटकको आगमन भएको छ ।

सन् २०२५ को आठ महिनामा सात लाख ३६ हजार ५६२ पर्यटक भित्रिएको बोर्डले जनाएको छ ।