८ भदौ, काठमाडौं : आज आइतबार सर्वोच्च अदालत बार एशोसिएशनद्धारा निर्मित वेब साइट तथा ई –बुलेटिन कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री मेघराज पोखरेलबाट अनावरण भयो ।

सर्वोच्च अदालत बार एशोसिएशनका कार्यवाहक अध्यक्ष अधिवक्ता श्री अम्बर बहादुर राउतज्यूको अध्यक्षता सम्पन्न कार्यक्रममा नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा.डा विजय प्रसाद मिश्र, नेपाल बार एशोसिएशन तथा सर्वोच्च अदालत बार एशोसिएशनका पूर्व अध्यक्षहरू वरिष्ठ अधिवक्ता एवम् अधिवक्ताहरूको सहभागिता रहेको थियो ।

सर्वोच्च बारका कोषाध्यक्षबाट बेव साइट तथा ई–बुलेटिनको उद्देश्यमाथि प्रकाश पार्दै कानून व्यवसायीले समसामयिक सूचना दु्रत जानकारी प्राप्त गर्ने हुँदा यसबाट न्याय सम्पादनमा समेत सहजता हुने विश्वास रहेको कुरा बताउनु भएको थियो ।

https://supremecourtbar.org.np
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










