08/17/2025, 15:28:56

पहिरोले कर्णाली राजमार्गको कालिकोट सडक खण्ड अवरुद्ध


०१ भदौ, कालिकोट : पहिरोका कारण कर्णाली राजमार्गको कालिकोट सडक खण्डका ठाउँ ठाउँमा यातायात अवरुद्ध भएको छ । शनिबार रातिदेखि परेको वर्षाका कारण पहिरो खस्दा यातायात अवरुद्ध भएको हो ।

कर्णाली राजमार्गको कालिकोटको गगने खोला, बिहानी, दैलेखको खिड्की ज्यूला, जुम्ला र कालिकोटको सिमाना नाग्मा नजिकै सिञ्जा हुँदै मुगु जाने सडकमा पहिरो खस्दा यातायात अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए ।

उनका अनुसार दैलेखमा शनिबार साँझदेखि नै यातायात अवरुद्ध छ भने कालिकोटको गगने र बिहानीको पहिरो हटाउने काम भइरहेको छ ।

रातिदेखिको अविरल वर्षाले कर्णाली करिडोरअन्तर्गत पर्ने रास्कोट र पचाल झरनाको बिचमा पर्ने फुगाड खोला बढेकाले मोटरसाइकल र साना गाडी तर्न सकेका छैनन् ।

पहिरोले सडक अवरुद्ध भएपछि कालिकोट हुँदै सुर्खेत जाने सवारी विभिन्न ठाउँमा रोकिएका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..