२३ साउन, ताप्लेजुङ : ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार नजिक रहेको भिन्तुनाडाँडा सहिद पार्क पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ। उक्त क्षेत्रमा शुक्रबार वृक्षारोपण गरिएको हो।
योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) ताप्लेजुङको अगुवाइमा भिन्तुडाँडा, सहिद पार्क, मुधिङ कोक्मा (बल्ने ढुङ्गाको डाँडा) पार्क क्षेत्रमा वृक्षारोपण गरिएको छ। ‘श्रम तथा उत्पादनमा वाइसिएल’ नारासहित सुरु भएको दुई महिने अभियानअन्तर्गत वृक्षारोपण गरिएको वाइसिएलका केन्द्रीय सचिवालय सदस्य कैलास माबो लिम्बूले जानकारी दिनुभयो।

उहाँकाअनुसार तेजपत्ता र मयुरपंखी सल्लाको विरुवा रोपिएको छ। सदरमुकाम नजिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको भिन्तुनाडाँडा, सहिद पार्क, मुधिङ कोक्मा पार्कभित्र रहेको पदमार्गको दायाँबायाँ क्षेत्रमा उक्त विरुवा रोपिएको वाइसिएलका जिल्ला अध्यक्ष सन्जिप माबोले बताउनुभयो। अध्यक्ष माबोका अनुसार सो क्षेत्रमा करिब आठसय वटा विरुवा रोपिएको छ।

पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको क्षेत्रको थप सौन्दर्यीकरण तथा आकर्षक बनाउनमा टेवा पुर्याउने गरी मयुरपंखीजस्ता प्रजातिको विरुवा रोपिएको वाइसिएलले जनाएको छ। वृक्षारोपणमा नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री, जिल्ला संयोजक विष्णुकुमार लिम्बू, सचिव सागरमणि गौतमसहित पार्टी र वाइसिएलका नेता, कार्यकर्ता गरेर करिव एकसय जना सहभागी भएका थिए।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















