रसुवा, २३ साउन : रसुवाको गोसाइँकुण्डमा जाने तीर्थयात्रीका लागि उपचार सेवा पुर्याउन धार्मिक मार्गका तीन ठाउँमा र कुण्डको डिलमा समेत गरी चार ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
काठमाण्डौको ग्रिनसिटी अस्पताल, पञ्चधाम समिति, हिमालयन उद्धार सङ्घका साथै पालिका र जिल्ला अस्पताल लगायतले स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।
शिविरका कारण यात्रुलाई प्राथमिक उपचारमा सहज भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमले जानकारी दिनुभयो ।
गोसाइँकुण्डमा हिमालयन उद्धार सङ्घले ६ जना एमविविएस डाक्टर र अक्सिजन सिलिण्डर समेत पुर्याएका कारण उपचार सेवा थप प्रभावकारी बनेको यात्रुहरूले बताएका छन् ।
सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पन्नालाल यादवको नेतृत्वमा सरक्षाकर्मी परिचालन गरिएको छ ।