१८ साउन, सर्लाही : लामो समयपछिको वर्षाले सर्लाहीका दक्षिणी क्षेत्रका किसानलाई खुसी बनाएको छ । शनिबार र आइतबार पानी परेपछि यहाँका किसान धान रोप्न व्यस्त छन् ।
यसअघि साउनको दोस्रो हप्तासम्म पानी नपर्दा अधिकांश किसानका खेत बाँझै थियो । कृषि ज्ञान केन्द्र मलंगवाका अनुसार ४० हजार हेक्टरमा धान खेत हुने गरेकोमा अहिलेसम्म ६६ प्रतिशत मात्र खेतमा रोपाइँ भएको छ । शनिबार र आइतबार मधेशका लगभग सबै जिल्लामा पानी परेको छ ।