07/27/2025, 16:58:28

एनआरएन कतारको अध्यक्षमा कृष्ण पन्थी सर्वसम्मत चयन


११ साउन, काठमाडौं : गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार (एनआरएनए)को अध्यक्षमा कृष्ण पन्थीलाई सर्वसम्मत चयन गरिएको छ । पन्थी यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।

एनआरएनका अध्यक्ष रमेश भट्टको सभापतित्वमा शुक्रबार दोहामा सम्पन्न ११ औं राष्ट्रिय एकता महाधिवेशनले २०२५–०२७ को लागि पन्थीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

एनआरएनए कतारको प्रथम उपाध्यक्ष रविन मगर, द्वितीय उपाध्यक्ष जहाँगीर आलम, महिला उपाध्यक्ष टौमाया गुरुङ र युवा उपाध्यक्ष मेहरसिंह तामाङलाई सर्वसम्मत रूपमा चयन गरिएको हो ।

महाधिवेशनले महासचिव विवेक पुलामी मगर, सचिवत्रय क्रमशः बुद्ध पाण्डे, सुजन गुरुङ, अर्जुन संगौला, कोषाध्यक्ष कवीन्द्र कँडेल, सहकोषाध्यक्ष कान्छा श्रेष्ठ (अजय), महिला संयोजक कल्पना पुन मगर, युवा संयोजक केशवराज मल्ल (केशु) लाई चयन गरिएको छ ।

सदस्यमा १९ जना रहेका छन् । जसमा रीता पोखरेल, इन्दिरा शाह, रामचन्द्र गिरी, अमृत विश्वकर्मा, गणेश अधिकारी, राजन चापागाई, तारा टमाटा (कमल), डिल्लीराम भट्टराई, मोहम्मद रफिक रायन, दर्शन सुनार, प्रकाश विक, विश्वनाथ भट्टाराई, गोरखबहादुर चन्द ठकुरी, मोहम्मद अनवारुल हक, शेष मोमताज, प्रकाश थापा, सुशीलकुमार सुब्बा, कृष्ण भण्डारी र पुष्करबहादुर साउद रहेका छन् ।

त्यस्तै रामप्रसाद गौतम लेखा समिति संयोजकमा भएका छन् । लेखा समिति सदस्यहरूमा कमल खत्री, अशोक आले मगर रहेका छन् ।

महाधिवेशनले एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी)को सदस्य पदमा धनबहादुर बलायर, शेख हनिफ खान, ध्रुवराज अधिकारी, टिकाराम डुम्रे र गोपाल डाँगीलाई सर्वसम्मत रूपमा चयन गरेको छ । महधिवेशनका लागि ५ हजार ५ जनाले पञ्जिकृत सदस्यता लिएका थिए ।