काठमाडौँ, १ साउन : प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पुराना कानुनी दस्तावेज ऐतिहासिक सम्पदा भएको बताउनुभएको छ ।
सर्वोच्च अदालतको सम्पादन तथा प्रकाशन समितिद्वारा आयोजित नेपाल कानुन पत्रिका (पुरानो अङ्क) ‘प्रधानन्यायालय, २०१०’ विमोचन गर्दै उहाँले भन्नुभयो, “आधुनिक न्यायप्रणाली गर्विलो र समृद्ध बनाउन जरुरी छ, पुराना मुद्दाको फैसला खोजीगरी सङ्ग्रह गर्ने कामको सुरुवात भएको छ, यसले निन्तरता पाउनुपर्छ ।”
उहाँले विगतमा न्यायिक चेतनास्तरका बारेमा अध्ययन गरी तयार गरेर राख्दा कानुनको अध्येता, विश्वविद्यालय र कानुनका विद्यार्थीका लागि उपयोगी भएको बताउनुभयो । सर्वोच्च अदालतका न्यायाधीश तथा सम्पादन तथा प्रकाशन समितिका प्रमुख हरिप्रयास फुयाँलले कानुनी इतिहास नेपालको कानुनी इतिहासको मूल आधार भएको बताउनुभयो ।

“भारतमा मुगल आउनुअघि नेपालको कानुनी इतिहासको जानकारी छैन, पुराना कानुनी मूल्यमान्यता जरुरी छ”, उहाँले भन्नुभयो, “नेपालको कानुनी इतिहासका दस्तावेजहरु सबै जर्गेना गर्न जरुरी छ ।” विसं २०११ र विसं २०१२÷०१३ सम्मको प्रकाशन चैतसम्मसक्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
यसैबीच सर्वोच्च अदालतमा आठ वर्ष नाघेका मुद्दा टुङ्गिएको जानकारी दिइएको छ । आव २०८०/०८१ मा मुद्दाहरुको लगत ४१ हजार २३८ भएकामा १५ हजार ५५२ (३७.६४ प्रतिशत) फर्छ्यौट भएको थियो । यस आवमा कूल मुद्दाको लगत ४० हजार ७४० मध्ये १६ हजार ६०१ (४०. ७५ प्रतिशत) फर्छ्यौट भई २४ हजार १३९ मुद्दा फर्छ्यौट हुन बाँकी छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











