08/28/2025, 04:29:45

सुदूरपश्चिम विश्वविद्यालयमा साउन १४ मा स्ववियू निर्वाचन


दोधारा चाँदनी (कञ्चनपुर), २१ असारः महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन हुने भएको छ ।

विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय भएको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिनुभयो । “साउन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय गरेको छ ।” उहाँले भन्नुभयो, “भर्ना हुन बाँकि सबै निकायमा असार ३० गतेभित्र भर्ना गराउने निर्णय गरिएको छ ।

यसअघि दुई पटक निर्वाचनको मिति तोकिएर अन्तिम समयमा रोकिएको थियो ।