सोमबार, पुष ०८, २०८१

दुई आयोगको आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस


राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेस गरेका छन् । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले शुक्रवार शीतल निवासमा आयोजित एक समारोहका बिच आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन पेस गरे ।

यस्तै राष्ट्रपतिसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले पनि आयोगको वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading