06/25/2025, 15:21:11

भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया


भक्तपुर, ११ असारः भक्तपुर अस्पतालले पाठेघर (आङ) खसेका महिलाको निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयअन्र्तगत निःशुल्क पाठेघर खस्ने रोगको उपचार सेवा सुरु गरेको अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्टले जानकारी दिनुभयो । आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया अभियानका रूपमा सुरु गरेको अस्पतालले पहिलो दिन मङ्गलबार तीन जनाको शल्यक्रिया गरेको छ ।

“आज पाँच जनाको शल्यक्रिया गर्ने तयारी छ”, निमित्त निर्देशक डा भट्टले भन्नुभयो । आङ खसेका महिलाहरुलाई अस्पतालमा सम्पर्क गरेर निःशुल्क शल्यक्रियाका लागि आउन उहाँले आह्वान गर्नुभयो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ