06/19/2025, 22:03:19

कम प्रिमियममा ठुलो रकमको आजीवन बीमा गर्न सकिने र तिरेको सम्पुर्ण रकम फिर्ता हुने नेपालकै पहिलो र एकमात्र “सूर्यज्योति सही प्लान”


५ असार, काठमाडौं : बीमाको नियामक निकाय बीमा प्राधिकरणको तथ्यांकअनुसार करिब ४०५ भन्दा बढी नेपाली जनता जीवनबीमाको दायरामा रहेका छन्। नेपाली जीवन बीमामा औषत रुपमा बार्षिक करिब रु ६ लाखदेखि ६ लाख ५० हजारसम्मको कुल बिमांक रकम भएको बीमा गर्ने गरिएको पाईएको छ। आजको महंगाई अनि असन्तुलित अर्थतन्त्रको अवस्थामा रु ६ लाखदेखि ६ लाख ५० हजारसम्मको रकमले मात्र भविष्यमा आई परेको बेला के आर्थिक सहारा दिन सक्ला र ? बिमितले आफ्नो आम्दानी अनुसारको बीमा नगर्दा भबिष्यमा आई पर्नसक्ने आर्थिक जोखिमको भार बहन गर्न नसक्ने हुनाले समयमै चनाखो हुन जरुरि देखिन्छ। समयमानै सहि निर्णय नलिदा आफू लगायत सम्पूर्ण परिवारनै आर्थिक सकंटको चपेटामा पर्न जाने सम्भावना पनि धेरै हुनजान्छ ।

नेपालमा  हाल बार्षिक करिब रु ६ लाखदेखि ६ लाख ५० हजारसम्मको कुल बिमांक रकमको लागि बार्षिक रु ४० हजारदेखि ४५ हजारसम्मको प्रिमियम बुझाउने गरेको पाईएको छ तर केहि भैपरी आएमा आफू अनि आफ्ना परिवारको आर्थिक सुरक्षाका लागि के सहयोग गर्ला त यति थोरै रकमले ?

हामीलाई भैपरी आउन सक्ने जिम्मेवारीहरु :

  • बच्चाहरुको शिक्षाको लागि
  • आफू र आफ्नो प्रियजनको उज्ज्वल भबिष्यको लागि
  • घातक रोगहरु बिरुद्धको उपचार खर्च-सुबिधाको लागि
  • भविष्यमा आई पर्नसक्ने आर्थिक जोखिम बहनको लागि
  • आश्रित परिवारको आर्थिक सुरक्षाको लागि
  • बुढेसकालको सहाराको लागि

यिनै प्रकारका आवश्यकताहरुलाई मध्ये नजर गरी सूर्यज्योति लाइफ़द्वारा भर्खरै ल्याईको “सूर्यज्योति सही प्लान”  रोज्यौ भने तेतीनै बार्षिक रु ४० देखि ४५ हजार प्रिमियम ( उमेर अनुसार प्रिमियम दर फरक पर्न सक्छ ) मै लगभग रु २५ लाखसम्मको बीमा गर्न सक्छौ जसले तपाईको जीवनमा आई पर्न सक्ने आर्थिक जोखिमको भारमा राहत दिनसक्छ र तपाई अनि तपाईको परिवारको सुनौलो भबिस्यका लागि सहारा हुनसक्छ।

सही सोचौ ,सहि रोजौ ” भन्ने मूल नाराका साथ ल्याइएको यो योजनामा केवल सूर्यज्योतिले मात्र आकर्षक र उत्कृष्ट सुविधाहरु पस्केकै कारण पक्कै पनि हरेक नेपालीहरुको मन-मुटुमा अबश्य स्थापित हुने साथै  “हरेक घर ,एक बीमा” को रुपमा यो योजनाको पहुँच पर्याउने लक्ष्य सूर्यज्योतिको रहेको पनि कम्पनिको छ। यो भन्दा पहिले बीमा लिईसकेको व्यक्तिको लागि पनि “सूर्यज्योतिको सही प्लान” अरु योजनाको तुलनामा एकमात्र यस्तो उपयुक्त योजना हुनसक्छ जसले यी निम्न लिखित फाइदाहरु दिनसक्छ :

  • थोरै प्रिमियममा नै ठुलो बीमा लिन सक्ने
  • ७० बर्षको उमेर पुगे पश्चात तिरेको सम्पूर्ण रकम फिर्ता हुने
  • सीमित अवधिसम्म बीमा शुल्क भुक्तानी गरी दिर्घ-कालिन (आजीवन) रक्षावरण रही रहने
  • अन्य बचत किसिमको बीमाभन्दा लगभग ५ देखि ६ गुणासम्म आर्थिक सुरक्षा प्रदान गर्ने

यो योजना लिदा ७० बर्षको उमेर पश्चात तिरेको सम्पूर्ण रकम फिर्ता हुने हुदा आफुलाई बुढेसकालको सहारा हुने अनि आफ्नो परिवारमा आर्थिक समस्या आइपरे तेस्को आर्थिक भार समाधान हुने हुनाले यदि पहिले बीमा लिईसकेको भएपनि यो सहिप्लान तपाईको दोश्रो बीमाको रुपमा खरिद गर्नु निकै नै बुद्धिमानी हुन जान्छ।

अन्य बीमा योजनामा बीमा अवधिपछि बीमितको रक्षावरण समाप्त हुने तर यो सहीप्लान बीमा योजनामा सीमित अवधिसम्म बीमा शुल्क भुक्तानी पश्चात पनि बिमितको दिर्घकालिन (आजीवन) रक्षावरण भै नै रहने हुन्छ। सही प्लान बीमा योजनामा अन्य बीमा योजनाको जस्तो बीमा रक्षावरण समाप्त हुने चिन्ता हुदैन।

सूर्यज्योति लाइफ़ले समय सापेक्ष आफ्ना ग्राहकहरुको हित र सुबिधालाई ध्यानमा राखी नविनतम  र परिस्कृत सेवा पस्किदै आईरहेको छ। नेपालको जीवन बीमा क्षेत्रमा सूर्यज्योति लाइफ इन्सोरेन्सले तिहारको अवसरपारि पहिलो पटक कम प्रिमियममा सर्बाधिक आजीवन सुरक्षा प्रदान गर्ने एक मात्र बीमा योजना ( सूर्यज्योति सही प्लान ) पस्कन सफल भएको हो। यो बीमा योजनामा अन्य जीवन बीमा कम्पनी भन्दा भिन्न र उत्कृष्ट सुबिधाहरु र बिशेषताहरु भएकोले नै “सूर्यज्योति सही प्लान” ले नेपाली जीवन बीमा बज़ारमा छिट्टैनै आफ्नो स्थान पाउनेमा कम्पनी ढुक्क रहेको छ।

आफुलाई र आफ्नो शेषपछि आफ्ना सन्ततिको उज्ज्वल भबिष्य निर्माणका लागि उपयॊगी हुने हुनाले यो नै सर्वो-उत्कृष्ट सहि बीमा योजना हो।

यो बीमा योजना अन्तर्गत बिमितले ऐच्छिक तथा अतिरिक्त सुविधाहरु पनि रहेका छन् :

  • दुर्घटनाको कारण मृत्यु भएमा दोहोरो बीमा लाभ लिन सकिने र दुर्घटनाबाट पुर्ण अशक्त भएमा बाँकी अवधिको बीमा शुल्कमा पूर्ण छुट हुने
  • बिमाङ्कको आधारमा कम्तिमा १० बर्षसम्म मासिक अशक्त सुबिधा प्रदान गरिने
  • नेपालमै सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध रु ५० लाखसम्मको उपचार खर्चको आर्थिक सुरक्षा लिन सकिने
  • साथै आफुलाई आवश्यक परेको बेलामा सहुलियत दरमा नियमानुशार सुलभ दरमै ऋण लिन सकिने

सूर्यज्योति जीवन बीमा कम्पनिले बीमा क्षेत्रमै पहिलो ऐतिहासिक सफल मर्जर गरी उत्कृष्ट सेवा दिदै छोटो समयमै उलेखनीय उपलब्धिहरु हासिल गरिसकेको छ। कम्पनिले जीवन बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध रु ५० लाखसम्मको उपचार खर्चको सुबिधा प्रदान गर्ने एक मात्र कम्पनि बन्दै पहिलो आइ.एस.ओ. ९००१ – २०१५ द्वारा बिभूषित प्राप्त गर्ने एकमात्र जीवन बीमा कम्पनि बन्न सफल पनि भएको छ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ