मङ्गलबार, पुष ०९, २०८१

रास्वपाको प्रथम राष्ट्रिय भेलामा करिब १५ सय प्रतिनिधि सहभागी हुने


२७ भदौ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय भेलामा करिब १५ सय प्रतिनिधि सहभागी हुने भएका छन् । रास्वपाले पहिलो राष्ट्रिय भेला १ र २ असोजमा काठमाडौंमा गर्न लागेको छ ।

राष्ट्रिय भेलाको तयारी बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले १५ सय हारहारी प्रतिनिधि उपस्थित हुने जानकारी गराए । बुर्लाकोटीलेले भने ‘राष्ट्रिय भेलामा करिब १५ प्रतिनिधि आउने तयारी छ । प्रतिनिधिहरुको चाप छ ।’

रास्वपाले राष्ट्रिय भेलाको तयारीको लागि १५ वटा उपसमिति गठन गरेको थियो । राजनीतिक प्रतिवेदन सभापति रवि लामिछानेले प्रस्तुत गर्ने भएका छन् । ‘यो दुई वर्षको अवधिमा रास्वपाले भोगेका कुरा र अब अघि कसरी जाने कुराहरु समेटेर राजनीति प्रतिवेदन आउँछ’, बुर्लाकोटीले पत्रकार सम्मेलनमा भने ।

साथै, सांगठनिक, संसदीय मुल्य मान्यता, लिडरसीप एकेडेमी, सातै प्रदेशका सभापतिको प्रतिवेदन लगायत पेश हुने उनले जानकारी दिए । रास्वपा राष्ट्रिय भेलामा नीति दस्तावेज थप विस्तारित रुपमा ल्याउने भएको छ । राष्ट्रिय भेलाले महाधिवेशनको मितिले पनि घोषणा रास्वपाले जानकारी गराएको छ । राष्ट्रिय भेलाबाट अभियानहरु घोषणा गरिने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading