शुक्रबार, पुष १२, २०८१

प्रधानमन्त्री ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने


२७ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । संयुक्त राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लागेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंका अनुसार अमेरिका भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले संसद सम्बोधन गर्ने तालिका तय भएको हो ।

प्रधानमन्त्री ओली राष्ट्र संघको महासभालाई सम्बोधन गर्न ४ असोजमा अमेरिका जाँदैछन् । प्रधानमन्त्रीको भ्रमण कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ । प्रधानमन्त्रीको टोलीमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायत सहभागी हुनेछन् ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading