२४ भदौं, काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा निर्धारित समय भन्दा ढिला गरी बैठक सुरु भएको हो । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा निर्धारित समयमा नआएपछि बैठक सुरु हुन ढिलाइ भएको थियो ।
बैठक अपराह्न ४ बजेका लागि तय भएकोमा देउवा साढे ४ बजेमात्रै बालुवाटार पुगेको र त्यसलगत्तै बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ लगायत नेताहरु सहभागी छन् ।
यो बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम निर्माण, सरकारको समीक्षा लगायतबारे छलफल हुने बताइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















