१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षा विधेयकमा प्रस्तावित जिल्ला शिक्षा कार्यालय रहने व्यवस्था हटाउन माग गरेका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक २०८० मा परेको संशोधनबारे छलफल गरिरहेको छ ।
संशोधनकर्तामध्ये एक कांग्रेस सांसद थापाले प्रस्तावित जिल्ला शिक्षा कार्यालयलाई संविधानले नै नचिन्ने बताए । उनले भने, ‘जिल्ला शिक्षा कार्यालय पूरै हटाउनुपर्छ । किनभने हाम्रो संविधानले यसलाई मान्दैन ।’
उनले शैक्षिक गुणस्तर परीक्षण केन्द्रलाई प्राधिकरण बनाउनुपर्नेमा जोड दिए । ‘शिक्षकहरुको प्रतिष्ठा बढाउने, सेवा सुविधा बढाउने कुरा खुलेर गरौं’, उनले अगाडि भने, ‘राहत लगायतका कुरा खुला राखेका छौं, खुला राखेर एक पटक प्रतिष्पर्धा गर्ने मौका दिऊँ ।’
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















