१६ भदौ, काठमाडौं । नेपाली कांंग्रेसका महामन्त्री गगन थापाले गत फागुनको महासमिति बैठकमा पेस गरेको गठबन्धन नगरी आगामी आमनिर्वाचन लड्ने प्रस्ताव केन्द्रीय समिति बैठकबाट अनुमोदन भएको छ। महामन्त्री थापाले सांगठनिक प्रस्तावमा समेटेको उक्त विषय रणनीति भन्दै सभापति शेरबहादुर देउवा र उनीनिकट केन्द्रीय सदस्यहरुले अहिल्यै निर्णय गर्न हुन्न भन्ने मत राख्दै आएका थिए।
तर आइतबारको केन्द्रीय समिति बैठकले घुमाउरो भाषामा अबको आमनिर्वाचनमा गठबन्धन नगर्ने निर्णयलाई अनुमोदन गरेको छ। प्रवक्ता प्रकाशशरण महतका अनुसार पार्टी संंगठन बलियो बनाएर लोकप्रिय हुँदै एक्लै बहुमत प्राप्त गर्ने गरी अघि बढ्ने सांगठनिक प्रस्ताव पार्टीले अनुमोदन गरेको हो।
केन्द्रीय समितिले पारित गरेको महामन्त्री थापाको प्रस्तावमा भनिएको छ, `हाम्रो आफ्नो सङ्गठनलाई थप उर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनर्स्थापित गर्नेछौं। हामी भविस्यमा हुने आवधिक निर्वाचनहरुमा आफ्नै तागतमा एक्लै लड्ने छौँ। र हाम्रा मतदातालाई रुख चुनावी चिह्नमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं।´
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















