१६ भदौ, काठमाडौं । नेपाली कांग्रेसको आइतबार बसेको केन्द्रीय समितिमा बोल्दै महामन्त्री गगन थापाले अबको आमचुनावमा पार्टीले कसैसँग पनि गठबन्धन नगर्ने बताएका छन्। उनले नेता, कार्यकर्तालाई रूख चिह्नमा मात्रै मतदान गर्न पाउने सुनिश्चितता गरिने पनि बताए।
करिब सात मिनेट बोलेका महामन्त्री थापाले भने, ‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै नेपाली कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुन: स्थापित गर्नेछौं।’
उनले कांग्रेसले आमचुनावमा आफ्नै तागतले लड्ने पनि बताए। ‘हामी आफ्नै तागतले निर्वाचन लड्नेछौं, हाम्रा नेता तथा कार्यकर्ताहरूलाई पार्टीको चुनाव चिह्न रूखमै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं,’ महामन्त्री थापाले भने।
गत फागुनमा भएको महासमिति बैठकमा थापाले पेस गरेको सांगठनिक प्रस्तावमा आमचुनावअघि गठबन्धन नगर्ने कुरा उल्लेख थियो। त्यसलाई भाषा मिलाएर केन्द्रीय समितिमा थापाले आफ्नै तागतमा चुनाव लड्ने बताएका हुन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















