05/10/2025, 15:13:59

नेपालमा प्राकृतिक सौन्दर्य र सास्कृतिक विवधता छ : पर्यटन मन्त्री पाण्डे


दोधारा चाँदनी (कञ्चनपुर), २७ वैशाख : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल प्राकृतिक सौन्दर्य र विविधतापूर्ण संस्कृतिले भरिपूर्ण मुलुक भएको बताउनुभएको छ ।

महेन्द्रनगरमा आज आयोजित ‘फारवेष्ट ट्राभल मिट’ को उद्घाटन गर्दै उहाँले नेपाल प्राकृतिक र सांस्कृतिक विविधताले भरिपूर्ण देश भएको बताउनुभएको हो । “यहाँ सानो ठाउँमा प्राकृतिक विविधता छ थोरै जनसङ्ख्यामा धेरै सांस्कृतिक विविधता छ”, मन्त्री पाण्डेले भन्नुभयो, “विविधतापूर्ण संस्कृति र प्रकृतिलाई विश्व माझ पुर्‍याउन सके पर्यटनबाट ठूलो लाभ लिन सकिन्छ ।

उहाँले पर्यटनको विकासका लागि भौतिक पूर्वाधार विकास आवश्यक रहेको बताउनुभयो । “अहिले हामीले एयरलाइन्सहरूसँग छलफल गरेर पोखराबाट सात वटै प्रदेशमा उडान भर्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “यसले यहाँको पर्यटन विकासमा टेवा पुग्छ ।

मन्त्री पाण्डेले भन्नुभयो, “यहाँको सांस्कृतिक र प्राकृतिक विविधताबाट लाभ लिन सके आर्थिक समृद्धि धेरै टाढा छैन ।” उहाँले अहिले पुँजीगत खर्चमा चाप बढेका कारण २० प्रतिशत बजेट घटेको बताउनुभयो ।

उहाँले नेपाल ऐयरलाइन्स बलियो नहुँदा नीति एयरलाइन्सहरूले मनोमानी भाडा लिने गरेको बताउनुभयो । नेपाल पर्यटन बोर्ड र भीमदत्त नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरू भएको फारवेष्टर्न ट्राभल मार्टमा नेपाल भारतका ट्राभल ऐजेन्टहरूको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने उक्त मार्टमा नेपाल–भारतका पर्यटन व्यवसायीबीच यहाँका विभिन्न पर्यटकीय गन्तव्यबारे छलफल हुनेछ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ