१० भदौ, काठमाडौँ । बलिउड अभिनेता राजकुमार राव अभिनीत फिल्म ‘स्त्री २’ ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले विश्वभरबाट ५०० करोडभन्दा बढी कमाइ गरेको छ। फिल्मले सफलता हासिल गरेपछि अभिनेता राजकुमारले आफ्नो प्रतिक्रिया दिएका छन्।
‘हामीलाई विश्वास थियो कि स्त्री २ ले धेरै माया पाउँछ किनकी स्त्रीलाई दर्शकले रूचाएका थिए। स्त्रीको धेरै फ्यान छन् जसमा म पनि सामेल छु। म स्त्रीको निकै ठूलो फ्यान हुँ। तर यो कमाइ हाम्रो आशाभन्दा ठूलो हो। हामी खुशी र उत्साहित छौं। सबैप्रति आभारी छौं। भगवानलाई धन्यवाद,’ उनले भने।
अमर कौशिकले निर्देशन गरेको फिल्ममा राजकुमारसँगै श्रद्धा कपूर, पंकज त्रिपाठी, अभिषेक बनेर्जी, अपारशक्ती खुरानालगायत कलाकारको अभिनय छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








