04/26/2025, 23:18:10

नेता अधिकारी राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी


कीर्तिपुर (काठमाडौ ), १३ वेशाखः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको निष्ठा, त्याग र जीवनशैलीबाट हामी सबैले सिक्नुपर्ने बताउनुभएको छ । साथै उहाँले नेता अधिकारी राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुहुन्थ्यो भन्नुएको छ ।

छब्बिसौँ मनमोहन स्मति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सच्चा साम्यवादीका रुपमा नेता अधिकारीले अवलम्बन गर्नुभएको मार्गलाई हामी सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री अधिकारीको कार्यकालमा देशको विकास तल्लो तहको विकासबाट मात्र सम्भव हुने वास्तविकतालाई मनन गरी ‘आफ्नो गाउँ आफै बनाउँ’ अवधारणा अघि सारेर उहाँले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुभएको पूर्वराष्ट्रपति भण्डारीले बताउनुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ