काठमाडौँ, १३ वैशाख : सूर्यज्योति लाइफ इन्स्योरेन्सले १५ वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीलाई सम्मान गरेको छ । कम्पनीको १६ वर्ष यात्रा पूरा गरी १७औं वार्षिकोत्सवका अवसरमा २१ जना कर्मचारी सम्मानित भएका हुन् ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले १७ वर्षको यात्रामा कम्पनीको बलियो वित्तीय अवस्था, विश्वसनीयता र हासिल गरेका सूचकांकको उन्नतिका लागि आभार प्रकट गरे ।

कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजना, नवीनतम सेवामा विस्तार गर्ने र सेवा गुणस्तरलाई अझ सुधार गर्दै ग्राहकहरूको जीवनमा सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धता खत्रीले जनाए । साथै कम्पनीले आर्थिक वर्ष २०८१/८२ अन्त्यसम्ममा हालसम्मकै उत्कृष्ट व्यवसाय गरी इतिहास रच्ने लक्ष्य लिएको समेत उनले बताए ।

कम्पनीले वार्षिकोत्सवको अवसर पारेर १५ वर्षभन्दा बढी सेवा गरेर कम्पनीलाई अघि बढाउन मद्दत गरेका २१ जना कर्मचारीहरूलाई सम्मान गरेको छ।

सम्मानित हुनेमा विरेन्द्र प्रसाद चौधरी, गिता बस्नेत, सिर्जना श्रेष्ठ, शंकरलाल कर्ण कायस्त, प्रमोद प्रसाद, प्रमिला पराजुली, बिना श्रेष्ठ जोशि, अषुसेन तामाङ, विष्णु ढकाल, उद्धवप्रसाद बर्तौला, रघुनाथ भण्डारी, बिपुल थापा, कल्पना कोइराला, पून्न प्रसाद लामिछाने, मोना चित्रकार, जनार्दन पौडेल, कृष्णबहादुर बस्नेत, हरिराज पाण्डे, संजय कुमार मांझी, यज्ञ बहादुर रावत क्षेत्रि र दुर्गा खवास रहेका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











