२ भदौ, काठमाडौं । बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री श्रद्धा कपुर अभिनीत फिल्म ‘स्त्री २’ ले बक्सअफिसमा आक्रमक कमाइ गरेको छ। भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार फिल्मले तीन दिनमा १३५ करोड भारू कमाएको छ।
यो फिल्म बुधबार रातिदेखि प्रदर्शन भएको थियो फिल्मले बुधबार ८ करोड ५ लाख कमाएको थियो भने दोस्रो दिन ५१ करोड ८ लाख र तेस्रो दिन ४४ करोड भारू कमाएको हो।
अमर कौशिकले निर्देशन गरेको फिल्ममा राजकुमार र श्रद्धासँगै पंकज त्रिपाठी, अभिषेक बनेर्जी, अपारशक्ती खुरानालगायत कलाकारको अभिनय छ। सन् २०१८ मा प्रदर्शन भएको फिल्ममा श्रद्धाले भूतनीको भूमिका निर्वाह गरेकी थिइन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








