काठमाडौँ, ८ वैशाखः प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले संविधानको दायराभित्र रही न्यायपालिका सुधारका लागि जुनसुकै कदम चाल्न तयार रहेको बताउनुभएको छ । नेपाल बार एशोसिएसनको नवनिर्वाचित केन्द्रीय कार्यसमितिसँगको भेटका क्रममा आज उहाँले न्यायिक सुधारका लागि जुनसुकै कदम चाल्न तयार रहेको बताउनुभएको हो ।
“बारको जायज माग र गुनासा सम्बोधन गर्न म सदैव तत्पर छु,” प्रधानन्यायाधीश राउतले भन्नुभयो, “आगामी दिनमा बार बेञ्च समन्वय समितिमार्फत आएका समस्या आपसी सहमतिमा समाधान हुन्छ, न्यायपालिका सुधारका लागि म तयार छु ।”
भेटमा बारका नवनिर्वाचित अध्यक्ष बरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रको नेतृत्वमा कार्यसमितिका पदाधिकारी उपस्थित थिए । भेटपछि बारका महासचिव तथा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले जारी गरेको प्रेस विज्ञप्तिमा न्याय परिषद् नियमावली, २०७४ को नियम ११ मा भएको संशोधन तत्काल खारेजी, संशोधित नियमावली खारेजी पश्चात् मात्र न्यायाधीशको नियुक्ति गर्नुपर्ने, बारका निवर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे विरुद्धको अपहेलना मुद्दाको शीघ्र सुनुवाई गर्नुपर्ने, वरिष्ठ अधिवक्ताले अनिवार्यरूपमा इजलास समक्ष सहयोगी अधिवक्ता लिई उपस्थित हुनुपर्ने विषयमा ध्यानाकर्षण गराएको उल्लेख छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













