साउन ३, काठमाडौं । बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री श्रद्धा कपूर अभिनीत फिल्म ‘स्त्री २’ को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार जिओ स्टुडियो युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा ‘सर कटा’ भूतलाई देखाइएको छ। जसको अन्य गर्न श्रद्धा कपूर आउँछिन्।
अमर कौशिकले निर्देशन गरेको फिल्ममा राजकुमार र श्रद्धासँगै पंकज त्रिपाठी, अभिषेक बनेर्जी, अपारशक्ती खुरानालगायत कलाकारको अभिनय छ।
सन् २०१८ मा प्रदर्शन भएको फिल्ममा श्रद्धाले भूतनीको भूमिका निर्वाह गरेकी थिइन्। यो फिल्मले बक्स अफिसमा सफलता हासिल गरेसँगै दर्शक ‘स्त्री २’ को पर्खाइमा छन्।
‘स्त्री २’ १५ अगस्टदेखि हलमा रिलिज हुनेछ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







