सोमबार, पुष ०८, २०८१

त्रिवि उपकुलपतिका लागि योग्यलाई पाखा लगाएर सर्टलिष्ट बनाइयो : ओली


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका योग्यजतिलाई पाखा लगाएर  सर्टलिष्ट बनाएको आरोप लगाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले नै मेरिटोक्रेसीको कुरा गरेर योग्यलाई पाखा लगाउने काम गरेको उनको भनाइ छ ।

बुधबार अनेरास्ववियुले पार्टी मुख्यालय च्यासलमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले दलीय आधारमा त्रिविको उपकुलपतिको छनोट हुँदैन भनेर प्रधानमन्त्रीले नै मेरिटोक्रेसीको कुरा गरेपनि व्यवहारमा भने ठाडो राजनीतिक हस्तक्षेप भएको बताए ।

‘प्रधानमन्त्रीजीले आफैँ कुरा गर्नुभयो कि अब विश्वविद्यालयमा मेरिटोक्रेसी लागू हुन्छ । दलीय आधारमा विश्वविद्यालयको पदाधिकारी चुन्ने काम हुदैछ भनेर,’ ओलीले अघि भने, ‘व्यवहारमा पनि त्यस्तै भएको भए त ठीकै हो । तर अहिले सर्टलिष्ट बनाउँदा योग्यजतिलाई पाखा लगाएर पार्टीका कार्यकर्ता जतिलाई छनोट गरिएको रहेछ ।’

उनले गठबन्धनका आसेपासेहरु र विगतमै जिम्मेवारी पाएर पनि काम गर्न नसकेका, अयोग्य सावित भइसकेकाहरुलाई फेरि प्रतिष्पर्धामा अगाडि ल्याउने काम भएको आरोप लगाए । ‘गठबन्धनको पक्षमा हुनुपर्ने, गठबन्धनका लागि अनुचित, अपवित्र क्रियाकलाप गरिसकेका प्रमाणितहरु हुनुपर्ने भन्न खोजिएको रहेछ,’ उनले भने ।

 


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading