सोमबार, फागुन १२, २०८१

भ्रष्टाचारीहरू सरकारबाट संरक्षित छन् : नेकपा एकीकृत समाजवादी


काठमाडौँ, १२ फागुनः  एकीकृत समाजवादीले भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको आरोप लगाएको छ । शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको निष्कर्ष निकालेको हो । बैठकका निर्णय सुनाउँदै पार्टीका महासचिव घनश्याम भुसालले मुलुकमा भ्रष्टाचार मौलाएको आरोप लगाए ।

उनले सहकारी ठगी, मिटरबाजी, अनलाइन ठगीले गर्दा गरिब जनताको जीवन कष्टकर हुँदै गएको र लाखौँ जनताले सहकारी राखेको बचत डुबेको बताए । त्यस्ता भ्रष्ट तथा ठगहरूलाई नियन्त्रणमा लिई अविलम्ब कडा भन्दा कडा कारबाही गर्न र सम्बन्धित पक्षको पैसा फिर्ता गराउन सरकारसँग माग गर्ने निर्णय केन्द्रीय कमिटीले गरेको बताए ।

उनले भने, ‘मुलुकमा भ्रष्टाचार मौलाएको छ । भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएका छन् । सहकारी ठगी, मिटरबाजी, अनलाइन ठगीले गर्दा गरिब जनताको जीवन कष्टकर हुँदै गएको छ । लाखौँ जनताले सहकारी राखेको बचत डुबेको छ । त्यस्ता भ्रष्ट तथा ठगहरूलाई नियन्त्रणमा लिए अविलम्ब कडा भन्दा कडा कारबाही गर्न र सम्बन्धित पक्षको पैसा फिर्ता गराउन सरकारसँग माग गर्दछौँ ।

मुलुकमा रोजगारीको अवसर नहुँदा युवा जनशक्ति विदेश पलायन हुने क्रम बढेको भन्दै यसले राष्ट्रिय उत्पादन र अर्थतन्त्रको विकासमा नकारात्मक प्रभाव पारेको बताए । समग्र अर्थतन्त्रको पुनः गठन नगर्दासम्म टालटुले नीति तथा कार्यक्रमबाट यो समस्याको समाधान हुन नसक्ने निष्कर्ष पार्टीको रहेको बताए ।

मुलुकमा रोजगारीको अवसर नहुँदा युवा जनशक्ति विदेश पलायन हुने क्रम बढेको छ । यसले राष्ट्रिय उत्पादन र अर्थतन्त्रको विकासमा नकारात्मक प्रभाव पारेको छ । समग्र अर्थतन्त्रको पुनः गठन नगर्दासम्म टालटुले नीति तथा कार्यक्रमबाट यो समस्याको समाधान हुन सक्दैन । राष्ट्रिय अर्थतन्त्रलाई दिगो, रोजगारमुखी बनाउने दिशामा कदम लिन सरकारसँग माग गर्दछ ।

पार्टीले राष्ट्रिय अर्थतन्त्रलाई दिगो, रोजगारमुखी बनाउने दिशामा कदम लिन सरकारसँग माग गरेको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ