आइतबार, फागुन ११, २०८१

जुम्लाको दुर्गम गाउँ सडक सञ्जालमा जोडियो


जुम्ला, ११ फागुन : जिल्लाका ग्रामीण भेगमा पर्ने गाउँबस्तीमा यातायातको पहुँच पुगेको छ । स्थानीय सरकारले गाउँमा पुग्ने ग्रामीण सडक निर्माण गरेपछि पछिल्लो समयमा यहाँका आठवटै स्थानीय तहका ६० का मुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । साठी वडामध्ये तिला गाउँपालिका–६, ७, ८ र ९ वडामा जोड्ने सडक तिला गाउँपालिका–१ रारामा तिला नदीमाथि मोटरेबल पक्की पुल निर्माण भएपछि यहाँका दुर्गम भेगमा पर्ने गाउँबस्ती लामो समयपछि सडक सञ्जालमा जोडिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभयो ।

यहाँका सबै वडापालिकासम्म कच्च (अफरोड) सडक निर्माण भएपछि सार्वजनिक यातायात सेवा सञ्चालन हुन थालेका छन् । यसअघि यहाँको सदरमुकाम खलङ्गा हुँदै कर्णाली राजमार्ग जुम्ला–नाग्म सडकखण्ड र नाग्म–गमगढी मूल सडकमा मात्रै सार्वजनिक सवारीसाधन सञ्चालन हुने गरेका थिए ।

अब यहाँका ग्रामीण सडकमा (अफरोड) पनि सार्वजनिक यातायातका साधन सञ्चालन गर्न थालिएको गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ ।

जुम्लामा रहेको नमस्ते हिमचितुवा यातायात प्रालिले यहाँका मुकाम खलङ्गा हुँदै पालिकाको ग्रामीण भेगमा पर्ने कुडारीको डुग्रीसम्म सार्वजनिक यातायात सेवा सञ्चालन गर्न थालेको हिमचितुवा यातयात प्रालिले जनाएको छ । सोही यातायातले खलङ्गाबाट रारालिहि, रारालिहिबाट मानेचौर, राँसा मालापानीसम्म सार्वजनिक यातायात सेवा सञ्चालन गर्न थालेको हिमचितुवा यातयातले जनाएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ