11/17/2025, 13:24:13
सोमबार, मङि्सर ०१, २०८२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनका गहनासहित एक महिला पक्राउ


काठमाडौँ, २२ माघः  अवैध रूपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुन जस्तो देखिने धातुको रिङ १६ थान, सुन जस्तो देखिने धातुको टुक्रा ५ थान, सिक्री १ थान, औंठी १ थान र बाला १ थान गरी करिब ९८ ग्राम तौलको सुन जस्तो देखिने धातुसहित काठमाडौं महानगरपालिका-१५ स्वयम्भू घर भएकी ५८ वर्षीया मैयाँ तामाङ गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

थाई एयरको उडानद्वारा बैङककबाट काठमाडौं आएकी गुरूङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेट नजिकबाट उक्त धातुसहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।