बिहिबार, माघ ०३, २०८१

लहानमा वनका कर्मचारीलाई डिभिजन वन कार्यलयको तालिम


सिरहा, ३ माघः जिल्लास्थित डिभिजन वन कार्यलयले वनसँग जोडिएका मुद्दालाई त्रुटिरहित बनाउन कर्मचारीलाई तालिम दिन सुरु गरेको छ । लहानमा आयोजित तीन दिने ‘कानुनी कार्यविधि’ तालिमको आज जिल्ला अदालत सिरहाका न्यायाधीश माधवप्रसाद मैनालीले उद्घाटन गर्नुभएको हो ।

न्यायाधीश मैनालीले वनसँग जोडीएका मुद्दालाई त्रुटिरहित बनाउन तालिमले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । “कतिपय कानुन वन ऐनमा व्यवस्था नभएको हुन सक्छन् । त्यसबेला वन ऐनबाहेक सामान्य कानुन आकर्षित हुन्छन्”, उहाँले भन्नुभयो, “काम गर्ने क्रममा हुनसक्ने अप्ठ्यारा फुकाई सहज र सरल बाटो पहिचान गर्न यस तालिम फलदायी हुन्छ भन्ने विश्वास लिएको छु ।

अदालतमा मुद्दा दायर गर्दा हुने कमीकमजोरीका सम्बन्धमा प्रष्ट पार्ने उद्देश्यले तालिम आयोजना गरिएको जिल्ला डिभिजन वन कार्यलयका प्रमुख शैलेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । उहाँले आमनागरिकबीच वन कार्यालयप्रति विश्वास कायम राखिराख्न र सम्भावित कानुनी त्रुटिलाई न्यूनीकरण गर्न तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

सिरहामा एउटा डिभिजन वन कार्यालय र छ वटा सव–डिभिजन वन कार्यालय छन् । डिभिजन वन कार्यलयका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार कानुनी तालिमको प्रशिक्षण जिल्ला अदालत सिरहाका न्यायाधीश, रेक्टर तथा इलाका प्रहरी कार्यालय लहानका अधिकृतले दिनुहुनेछ ।

डिभिजन वन कार्यालयसहित सव–डिभिजन वन कार्यालय बन्दीपुर, सिरहा, मिर्चैया, चोहर्वा, धनगढीमाई र लहानका गरी २७ जना कर्मचारी तालिममा सहभागी भएका छन् ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading