ध्यानकेन्द्रको रुपमा विकास हुन थालेको म्याग्दीको मालिका गाउँपालिका–७ मा रहेको धार्मिक तथा पर्यटकीस्थल प्रभुचेला । शान्त र एकान्त वातावरणमा योग, ध्यानगर्न चाहनेहरुका लागि समेत प्रभुचेलालाई लोकप्रिय बन्दै गएको छ
Click on Photo to Enlarge
मनाङ ङिस्याङ गाउँपालिका–६ मा अवस्थित मनाङ गाउँको पृष्ठभूमिमा गङ्गापूर्ण हिमाल, ग्लेसियर र गङ्गापूर्ण ताल । गाउँको नामबाट नै जिल्लाको नामकरण गरिएको हो
Click on Photo to Enlarge
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सेतिनी झरना । यो झरना धौलागिरि आइसफल र सेञ्चुरी पदमार्गमा समेटिएको छ
Click on Photo to Enlarge
भक्तपुरको चाँगुनारायण नगरपालिका-५स्थित श्री पञ्चमहालक्ष्मी मन्दिर
Click on Photo to Enlarge
बागलुङको जैमिनी नगरपालिका-४ स्थित थन्थाप भगवती मन्दिर । वि.सं १८६५ मा स्थापित यो मन्दिर यस क्षेत्रकै प्रसिद्ध शक्तिपीठका रूपमा परिचित छ
Click on Photo to Enlarge
दाङको तुसलसीपुर उपमहानगरपालिका वडा नं १९ का महिला छिटुवा बुन्दै । फुर्सतको समयमा छिटुवा बुन्ने उनीहरु बताउँछन्
Click on Photo to Enlarge
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ मा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको दक्षिण आधार शिविरतर्फ यात्रा गर्दै पर्यटकहरू। समुद्र सतहबाट आठ हजार पाँच सय ८६ मिटर उचाइमा रहेको यो हिमशृङ्खला साहसिक पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको छ
Click on Photo to Enlarge
झापाको दमक नगरपालिका कार्यालयको प्रवेशद्वारमा निर्मित धिमाल जातिको प्रतिमा । अल्पसङ्ख्यक जातिका ‘धिमाल’ समुदायलाई नगरपालिकाले विसं. २०७४ असोज ३० गते प्रथम नागरिकको रुपमा घोषित गरि उनीहरुको संरक्षण र विकासमा सहयोग पुर्याउँदै आएको छ
Click on Photo to Enlarge
तनहुँको व्यास नगरपालिका–९ स्थित कुमाल गाउँमा आयोजित संस्कृति संरक्षण कार्यक्रमअन्तर्गत पाउदुरे नाच सिक्दै कुमाल समुदाय । कुमाल समाज तनहुँको आयोजना र सामाजिक विकास कार्यालयको सहयोगमा संस्कृति संरक्षणका लागि आयोजित प्रशिक्षण कार्यक्रम यही वैशाख २१ गतेसम्म सञ्चालन हुनेछ
Click on Photo to Enlarge
म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा घोडा खच्चरमाथि सामान बोकाएर ढुवानी गरिँदै । सडक यातायातको पहुँच नपुगेको गुर्जाका बासिन्दा ढुवानीका लागि खच्चर र घोडामा निर्भर छन्