तनहुँको व्यास नगरपालिका–४ र ५ भएर बगेको मादी नदी र पारीपट्टि देखिएको चापाघाट लगायत आसपासका बस्ती
Click on Photo to Enlarge
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका-७ ओक्ताङ क्षेत्रका लिम्बू समुदायको माङहिमको पृष्ठभूमिमा देखिएको सुन्दर कञ्चनजङ्घा हिमाल
Click on Photo to Enlarge
तनहुँ जिल्लाको भिमाद नगरपालिका–२ मा अवस्थित रघुगाउँ । करिब ३०० भन्दा बढी घरधुरी रहेको यो गाउँ ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक विविधताले भरिपूर्ण छ। नेपालकै ठूलो मगर बस्तीमध्ये एक मानिने रघुगाउँ हाल ग्रामिण पर्यटनको नमूना गन्तव्यको रूपमा विकसित हुँदै गएको छ
Click on Photo to Enlarge
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दाउन्ने–दुम्कीवास सडकखण्ड अवरुद्ध हुँदा चार दिन देखि रोकिएका मालवाहक सवारीसाधन । तत्काल सडक बन्ने अवस्था नभएपछि स्थानीय प्रशासनले मालवाहक सवारीसाधनलाई फर्कन आग्रह गरेको छ
Click on Photo to Enlarge
ललितपुर महानगरपालिका–३ अन्तर्गत पुलचोक क्षेत्रमा नगरपालिकाले सडक सौन्दर्यकरणको अभियानस्वरूप रोपेको विभिन्न प्रजातिका फूलहरू । दुईतर्फी सडकको बिच भागमा रोपिएका रङ्गीचङ्गी फूलहरूले पुलचोक क्षेत्रलाई थप आकर्षक बनाएको छ
Click on Photo to Enlarge
दोलखाको भिमेश्वोर नगरपालिका-६ सिमपानीबाट मौसम खुलेपछि देखिएको सदरमुकाम चरिकोट बजार र आसपासको क्षेत्र
Click on Photo to Enlarge
तनहुँको पर्यटकीय नगरी बन्दीपुर बजार। पछिल्लो समय बन्दीपुर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ
Click on Photo to Enlarge
बेँसीसहर–चामे सडक अन्तर्गत लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ मा शुक्रबार गएको पहिरो हटाउँदै डोजर
Click on Photo to Enlarge
बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्ने र दुम्कीवास क्षेत्रमा सडक अवरूद्व हुँदा अलपत्र परेका यात्रु एवं सवारी साधन
Click on Photo to Enlarge
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाङ्गी गाउँस्थित बारीमा आलु खन्दै किसान । आलु खेतीको लागि पकेटक्षेत्र मानिने यस गाउँमा उत्पादन भएको आलु म्याग्दीलगाय पर्वत, बागलुङ, कास्कीमा निर्यात गरिन्छ