सोमबार, पुष ०८, २०८१

मधेशमा छठ पर्व निकै व्यवस्थित र भव्य लाग्यो : महामन्त्री गगन थापा


२३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तराई–मधेशको छठ पर्व मनाउने शैली अझै विशेष रहेको बताएका छन् । परिवारका सदस्यसहित छठपर्व मनाउन मधेशमा छन् । वीरगञ्जको घडीअर्वा पोखरीका छठघाटमा उदाउँदो सूर्यलाई अर्घ दिने कार्यक्रममा सहभागी हुँदै महामन्त्री थापाले तराई–मधेशको छठ पर्वमा सहभागी हुने रहर पहिलादेखि भए पनि यसपाली यसपटक पुरा भएको बताए ।

तराई–मधेशको छठ पर्व हेर्ने पहिलादेखि नै मन थियो । हिजो साँझ सूर्य अस्ताउँदो समयमा जनकपुरको छठ हेर्ने अवसर मिल्यो,’ उनले भने, ‘आज उदाउँदो सूर्यका अवसरमा वीरगञ्जको छठ पर्व हेर्न पाइयो’, उनले भने, ‘यहाँको छठ पर्व निकै व्यवस्थित र भव्य लाग्यो । एकदमै आनन्दको अनुभूति भयो ।

महामन्त्री थापाले काठमाडौंको भन्दा तराई–मधेशको छठ पर्व मनाउने शैली विशेष रहेको बताए । ‘काठमाडौँको कमलपोखरीमा हामी आफैं संलग्न भएर छठ पूजा गर्न थालेको त १२–१३ वर्ष भइसक्यो,’ उनले भने, ‘छठ पर्वसँग जोडिएको विधि र उत्साहका विषयमा त जानकारी नै छ । विगतमा हामीले सञ्चालन गरेकाले पनि थाहा नै छ ।

जनकपुर र वीरगञ्जमा छठ पर्वको आ–आफ्नै विशेषता रहेको बताए । काठमाडौंको कमलपोखरीमा पनि सजावट हुने गरे पनि मधेशमा भव्य र सभ्य रहेको बताए ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading